ज्योति विकास बैङ्कको १५ औँ वार्षिक साधारण सभा मिति २०७९ फागुन १४ गते आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैङ्कका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरेको थियो ।
उक्त साधारण सभाले बैङ्कको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैङ्कको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैङ्कले ३ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैङ्कको चुक्ता पुँजी रु. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ।
बैङ्कको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बैङ्कको आ।व। २०७९/८० को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैङ्कको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको बैङ्कको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
ज्योति विकास बैङ्कको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
