गाउँ घरमा सहज बैङ्किङ सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैङ्क लि.को नयाँ शाखा शनिवारदेखि उद्घाटन गरिएको छ ।
बैङ्कका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्घाटन गर्नुभएको कार्यक्रमको बैङ्कका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गर्नुभएको थियो । ‘साझा समृद्धिका लागि सबैको रोजाई बैङ्क’ भन्ने दुर्दृष्टि साथ बैङ्कको २ सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रूपमा गीतानगर शाखा उद्घाटन गरेको बैङ्कका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराउनुभयो । बैङ्कबाट सुनदेखि नुन सम्म, हलोदेखि हाइड्रो सम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरूको उपलब्धता यस बैङ्कसँग रहेकोले सेवा लिनु हुन बैङ्कका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गर्नुभयो । यो क्षेत्र कृषिको लागी प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले सहुलियत पूर्ण कर्जाको उपयोग गरी व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैङ्क सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले आग्रह गर्नुभयो । पौडेलले भरतपुर क्षेत्रका जनताको जीवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैङ्कले तपाईँहरूको साथमा रही तपाईँहरूको घर आँगनको बैङ्कको रूपमा सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।साथै, कर्मचारीहरूलाई पनि सेवाग्राहीहरूले चासो लिएका विषय तथा निजलाई उपलब्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्त दुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिनुभयो ।
बैङ्कका करिब पाँच लाख मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोबाइल बैङ्किङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिई रहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा बैङ्कको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्युआर कोर्ड, पहिलो कर्जा ग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैङ्कको तर्फ फुल मालासहित सम्मान गरिएको बैङ्कका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिनुभयो । सोही कार्यक्रममा प्रबन्धक सागर प्रसाद शर्माले स्वागत मन्तव्य गर्नुभएको थियो । यस्तै बैङ्कको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक संवृद्धि कार्कीले बैङ्कका विषयमा प्रकाश पार्नुभएको थियो । भने बैङ्कका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कँडेल, वडा नं. ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैङ्कका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, बागमती तथा गण्डकी प्रदेश चिफ सुशील हुमागाईँ, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ एण्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल,  लगायतको विशेष सहभागी थियो ।
 
चितवन भरतपुर गीतानगरमा कृषि विकास बैक लि.को २ सय ७१ औँ व्यवसायकी शाखा उद्घाटन
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    