एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले १६ हजार २७५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो संस्थापक शेयर मूल्य प्रति कित्ता रु. २०० रहेको छ ।
यसमा ०४ श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०४ श्रावणबाट सो बैङ्कको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो बैङ्कले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै एक्सेल डेभलपमेन्ट बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%