
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र ११ गते ९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा  फाल्गुन ३० गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले साधारण सभा हिमालयन दृश्य रिर्साेट, धुलिखेलमा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. ५ करोड १४ लाख ११ हजार ६२८ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम रु. १ करोड ०२ लाख ८२ हजार ३२५ रुपैयाँ ७६ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा भएको DDA मूल्याङ्कनकर्ताको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन, शेयर आदान प्रदान दर प्रस्ताव पारित, प्रारम्भिक समझदारी पत्र तथा मर्जर सम्बन्धमा भएको निर्णयहरुकाे अनुमोदन, अन्तिम सम्झाैतापत्र लगायत सो सम्बन्धी कार्यहरू गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी, तदर्थ सञ्चालक समितिमा वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको मनोनयन प्रस्ताव अनुमोदन, गाभ्ने/गाभिने कार्य पश्चात् बन्ने वित्तीय संस्थाको नाम तथा संस्थापक र सर्वसाधारणकाे शेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्ताव लगायत मर्जरसँग सम्बन्धित आवश्यक अन्य सम्पूर्ण निर्णयहरू पारित गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
आज समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    