ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल चैत्र २६ गते बसेको सञ्चालक समितिको १९१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने रकम रु. १ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.२ प्रतिशतले हुन आउने रकम रु. १० लाख ३८ हजार रुपैयाँ बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
ग्रीन डेभलपमेन्ट बैँङ्ककाे लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
