लुम्बिनी विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर २६ गते, मङ्गलवारका दिन बसेको सञ्चालक समितिको ४६१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८.५० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने रकम रु. १३ करोड ५३ लाख १२ हजार ८५१ रुपैयाँ ४५ पैसा बराबरको बोनस शेयर र ४.५० प्रतिशतले हुन आउने रकम रु. १५ करोड २२ लाख २६ हजार ९५७ रुपैयाँ ८८ पैसा बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने लुम्बिनी विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी विकास बैङ्क लिमिटेडले चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ९ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
लुम्बिनी विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
