नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असार २४ गते आइतबारका दिन समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ६ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३.५६२७५३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
नेप्सेमा समीट लघुवित्तको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%