कृषि विकास बैङ्क लिमिटेडले यही चैत्र १४ गते १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन ३० गते देखि चैत्र १४ सम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा फाल्गुन २९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
बैङ्कले साधारण सभा कृषि विकास बैङ्क लिमिटेडको केन्द्रीय तालिम प्रतिष्ठान बाेडे, भक्तपुरमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरको चुक्ता पुँजीमा बोनस प्रदान गर्दा बोनस शेयरमा लाग्ने कर प्रयोजन समेत गरी प्रति शेयर ११ प्रतिशत नगद लाभांश र अविमाेच्य असचिति अग्राधिकार (Non Convertible Irredeemable Preference Share) शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सो सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पुँजीको २ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
कृषि विकास बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    