स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र ११ गते १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन ३० गते देखि चैत्र ११ सम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा फाल्गुन २९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डाैँमा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजीको २२ प्रतिशतका दरले हुन आउने रकम रु.११ करोड ३१ लाख ०१ हजार ८०७ रुपैयाँ बराबरको बोनस शेयर र १.१५७९ प्रतिशतका दरले हुन आउने रकम रु. ५९ लाख ५२ हजार ७२७ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ । साथै सो सभाले अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता संशोधन गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।
स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
