प्रभु बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर १ गते, बिहिबारकाे दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ बराबरको बोनस शेयर र १.५० प्रतिशतले हुन आउने १९ करोड ६ लाख ३० हजार ५६२ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ८ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने प्रभु बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रभु बैङ्क लिमिटेडले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.६३ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
Click here to view the notice.
प्रभु बैकंको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
