नेपाल फाईनान्स लिमिटेडको हकप्रद संस्थापक शेयर असार २९ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको ११ लाख १४ हजार ११६ दशमलव १८७ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१०० तोकिएको छ।
उक्त हकप्रद संस्थापक शेयरहरू खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा सङ्गठित संस्थाहरूले साउन १२ गते सम्ममा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
इच्छुक आवेदकले नेपाल फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल, तिलोत्तमा शाखा कार्यालयहरू र प्रभु बैङ्क लिमिटेडको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरू बाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
 
नेपाल फाईनान्सकाे हकप्रद संस्थापक शेयर आज देखि लिलामी मार्फत विक्रीका लागि खुला
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    