नबिल बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर ०७ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको ६४४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने नबिल बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा नबिल बैङ्क लिमिटेडले चुक्ता पुँजीको १८.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ११.५ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
नबिल बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
