चालु आर्थिक वर्षको चैत्र महिनामा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १७ बिमा कम्पनीहरूले कुल रु. ११ अर्ब ९५ लाख बिमा शुल्क सङ्कलन गरेका छन् ।
चालु आर्थिक वर्षको चैत्र महिनामा सर्वाधिक कुल बिमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्याेरेन्सकाे प्रभुत्व :
चालु आर्थिक वर्षको चैत्र महिनामा नेपाल लाइफ इन्स्याेरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक कुल बिमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले २ अर्ब ८८ करोड रुपैयाँ अधिक कुल बिमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १ अर्ब ४४ करोड रुपैयाँ, नेश्नल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब १५ करोड रुपैयाँ, सूर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ करोड ९२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड २१ लाख रुपैयाँ, युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ५७ करोड ७७ लाख रुपैयाँ, मेट लाइफले ४८ करोड ६२ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ४४ करोड ५१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएका छन्।
चालु आर्थिक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३८ करोड ३८ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३७ करोड ६२ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३६ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३६ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको देखिन्छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले २९ करोड ०१ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले २५ करोड ५१ लाख रुपैयाँ, रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडले ४ करोड ९९ लाख रुपैयाँ, सानीमा लाइफ इन्स्याेरेन्स लिमिटेडले ४ करोड ४३ लाख रुपैयाँ र मर्जर पश्चात् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २४ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
यता, महालक्ष्मी लाइफ इन्स्याेरेन्स लिमिटेडले १६ करोड ७९ लाख रुपैयाँ र प्रभु लाइफ इन्स्याेरेन्स लिमिटेडले १५ करोड ४७ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।
चैत्र महिनामा बिमा कम्पनीहरूको कुल बिमा शुल्क आर्जन ११ अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
