असोज महिनासम्म नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरूले ११ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले असोज महिनासम्ममा सर्वाधिक बीमा शुल्क सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड कुल बीमा शुल्क सङ्कलन गरेको छ ।
त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड बीमा शुल्क सङ्कलन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब १२ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
सबै भन्दा कम बीमा शुल्क नेशनल इन्स्योरेन्सले सङ्कलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४१ करोड बीमा शुल्क सङ्कलन गरेको छ ।
असोज महिनामा मात्र १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट ३ अर्ब ६४ करोड कुल बीमा शुल्क आम्दानी भएको हो । हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन लघुबीमा तर्फ चारवटा कम्पनी रहेका छन् ।
असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ११ अर्ब ३८ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
