रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गते देखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार सम्म रहेको छ ।
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको रु. १०० अङ्कित दरको कुल ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरी बाँडफाँड गरेको र बिक्री नभई बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता शेयर थप गरी १५ हजार ०४७ कित्ता कर्मचारीहरूलाई ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषका योजनाहरूलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।
आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) जेठ २२ गते रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ३२ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन् । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यही जेठ १८ गते देखि रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आइपिओ जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
