धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ५२ अंकले घटेर १८९३ दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव १७ अंकले घटेर ३७२ दशमलव ३७ को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीहरूका ३१ लाख १४ हजार ६८९ कित्ता शेयर रु १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह ९ दशमलव २१ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २१ दशमलव ७८ अङ्कले, होटल तथा पर्यटन उपसमूह २८.२ अङ्कले, विकास बैंक उपसमूह ४८.१ अङ्कले, जलविद्युत उपसमूह ४१.१८ अङ्कले, वित्त उपसमूह ३८.४७ अङ्कले, निर्जीवन बीमा ८८.५४ अङ्कले, उत्पादन उपसमूह ६३.९७ अङ्कले, अन्य उपसमूह ३३.५७ अङ्कले, लघुवित्त उपसमूह ५०.५७ अङ्कले, जीवन बीमा उपसमूह ६९.७७ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १६ अङ्कले र लगानी उपसमूह शून्य दशमलव ९९ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा २३.५२ अङ्कको गिरावट, नेप्से १८९३.७० को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
