सनी सेक्यूरिटिज कम्पनी (ब्रोकर नं ४२) ले आफ्नो तेस्रो शाखा (रिमोट वर्क स्टेसन) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्चेन्ज लि. काठमाडौँको निर्णय अनुसार सनी सेक्यूरिटिज कम्पनीलाई दलदलेमा शाखा सञ्चालन गरी धितोपत्र कारोबार गर्न स्वीकृत प्रदान भएको थियो ।
साथै सो ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरू उपलब्ध गराउनेछ । यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
सनी सेक्यूरिटिजद्वारा दलदले नवलपुरमा नयाँ शाखा सञ्चालनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
