
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६३ दशमलव २४ अङ्कले बढेर २२२७ दशमलव १६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव ४१ अङ्कले बढेर ४२४ दशमलव ९३ को विन्दुमा पुगेको छ ।
आज कूल २६६ कम्पनीहरूका १ करोड २० लाख ०२ हजार ३०८ कित्ता शेयर रु. ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह ६५ दशमलव ५६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १९५ दशमलव ३६ अङ्कले, वित्त उपसमूह ३३ दशमलव ५१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १७७.२२ अङ्कले, जलविद्युत उपसमूह ४०.७७ अङ्कले, लगानी उपसमूह उपसमूह २ दशमलव ५५ अङ्कले, जीवन बिमा उपसमूह १२५.५१ अङ्कले, उत्पादन उपसमूह ९२.१५ अङ्कले, लघुवित्त उपसमूह ४९.६५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, निर्जीवन बिमा १५८.११ अङ्कले, अन्य उपसमूह २२.३४ अङ्कले र ट्रेडिङ उपसमूह १२१.९४ अङ्कले बढेका छन् ।
 
धितोपत्र बजारमा ६३.२४ अङ्कको वृद्धि, नेप्से २२२७.१६ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    