साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले बढेर २०९७ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।
सन्राइज फोकस्ड इक्विटी फण्डको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । एनआईबिएल ग्रोथ फण्डका शेयरधनीहरुले ९.९२ प्रतिशत, सानिमा ग्राेथ फण्डका शेयरधनीहरुले ९.९० प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ का शेयरधनीहरुले ९.८३ प्रतिशत र १०.२५ % माछापुच्छ्रे बैङ्क डिबेञ्चर २०८५ का शेयरधनीहरुले ९.४१ प्रतिशतका दरले कमाएका छन् ।
यता, लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरूले ५.९६ प्रतिशतले गुमाउँदा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड ५.८३ प्रतिशत, ९.५ % मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चर, २०८५ (३.९४) प्रतिशत, हिमालयन हाइड्रोपावर लिमिटेड ३.८६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड ३.७१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
