प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ, वसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. (CNHMI) र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) का हस्पिटल डाइरेक्टर श्री सञ्जीव राजभण्डारी र प्रभु बैङ्कका प्रमुख बजार व्यवस्थापन अधिकृत (CMO) रवीन्द्र ढकालले समझदारी ज्ञापन पत्र (MOU) मा हस्ताक्षर गर्नुभएको छ ।
छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) मा पेस गर्नुपर्ने छ ।
सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) र मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छाना मुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।
चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) र प्रभु बैङ्क लिमिटेड बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
