ज्योति विकास बैङ्कद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरूलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैङ्कले देशका ग्रामीण क्षेत्रहरूमा जीवन रक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैङ्कले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ। यो प्रयास बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल हो।

ज्योति विकास बैङ्कको पहलमा बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं. ०२ स्थित मष्टा स्वास्थ्य चौकी र खप्तड छान्ना गाउँपालिका वडा नं. ०५ स्थित कालु खेती स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको हो। साथै, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ०३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ०६ स्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको हो। उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैङ्कले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले बैङ्कले विभिन्न चरणहरू मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा यस अघि प्रदान गरेका ६२ वटा बेबी वार्मर उपकरणहरू मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई वहाँहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। साथै हालसम्मको योगदानले करिब ११४७० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अति प्रमुख क्षेत्रमा नेपालमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैङ्कले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक पहलकदमीलाई निरन्तरता प्रदान गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x