सन्राइज बैङ्कका संस्थापक शेयरधनीले १ लाख २२ हजार ०४५ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । सो संस्थापक शेयरको न्यूनतम मूल्य रु. १२५ प्रति कित्ता रहेको सो बैङ्कले जनाएको छ ।
यसमा ०७ वैशाखदेखि ३५ दिनभित्र (सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट अर्थात् कार्यालय खुलेको दिन) आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०७ वैशाखबाट सन्राइज बैङ्कको प्रधान कार्यालय, गैह्रिधारा स्थित, शेयर रजिष्ट्री विभागमा आइपुग्ने गरी के कति रकममा शेयर खरिद गर्ने हो सो को ब्यहोरा खुलाई लाहाछाप सहितको सिलबन्दी निवेदन दिनुपर्नेछ । सो आवेदनको सिलबन्दी खाममा निवेदकको नाम र सम्पर्क फोन नम्बर उल्लेख गर्नुपर्ने सोही बैङ्कले जनाएको छ ।
१ लाख २२ हजार ०४५ कित्ता संस्थापक शेयर बिक्री गर्दै सन्राइज बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
