प्रभु बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले २ लाख १३ हजार ०४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका पाँच जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १५ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १५ वैशाखबाट प्रभु बैङ्कको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।
२ लाख १३ हजार ०४८ कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%