पोखरा फाइनान्स लिमिटेडले यही पौष ३० गते शनिबारकाे दिन २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १९ गते देखि पौष ३० गतेसम्म अर्थात् २६ औँ वार्षिक साधारण सभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १८ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा दरबारथाेक बैँक्वेट, बाँस्ताेलाथर, पोखरा-९, कास्कीमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र प्रति शेयर ०.२१ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ४.२१ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
यस पोखरा फाइनान्स लिमिटेड र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने उपयुक्त बैङ्क, वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नलाई परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।
पोखरा फाइनान्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
