समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १४ हजार कित्ता संस्थापक शेयर बाह्य खरिदकर्तालाई बिक्री गर्ने भएको छ ।
यसमा २०७९/०९/१४ देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिदका लागि आवेदन नपरेको हुँदा नेपाल राष्ट्र बैङ्कबाट जारी एकीकृत निर्देशनकाे अधीनमा रही बाह्य खरिदकर्तालाई सो शेयर बिक्री गर्न लागेको हो ।
सो संस्थापक शेयर खरिद गर्न बाह्य खरिदकर्ताले ०६ वैशाखदेखि १५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । इच्छुक बाह्य खरिदकर्ताले यसमा आवेदन दिन सक्नेछन् । सो शेयरको खरिद गर्न न्यूनतम मूल्य रु. १०० प्रति कित्ता वा सो भन्दा बढी कतिमा किन्न चाहेको हो, सो खुलाई उल्लेखित सम्पूर्ण वा न्यूनतम १ हजार कित्ताको लागि आवेदन पेस गर्न सक्नेछन् ।
सो संस्थाको शेयर खरिदको लागि इच्छुक खरिदकर्ताको फिट एण्ड प्राेपर टेस्टको लागि आवश्यक पर्ने कागजातहरू जस्तै नागरिकताको प्रतिलिपि, आयस्रोत खुल्ने कागजात, कर चुक्ताको प्रमाणपत्र, कर्जा सूचना केन्द्रबाट कालो सूचीमा नरहेको विवरण लगायतका कागजातहरू राखी सिलबन्दी गरी आवेदन पेस गर्नुपर्ने जानकारी सो कम्पनीले दिएको छ ।
१४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै समृद्धि फाइनान्स कम्पनी लिमिटेड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
