प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख ०६ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी प्रस्ताव पारित गर्ने र गाभिए पश्चात् बन्ने जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम "हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेड" तथा अङ्ग्रेजीमा "Himalayan Life Insurance Limited" कायम गरी सो नामबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साथै यस सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताले तयार गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमशः १:१:१ कायम गरी गाभ्ने, गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डाैँ जिल्ला काठमाण्डाैँ महानगरपालिका वडा नं. १ काठमाडौँमा रहने तथा सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र २८ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र २७ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
प्राइम लाइफ इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
