पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैङ्क लिमिटेडको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले नबिल बैङ्कको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५० सिट क्षमताको सभागृहको शिलान्यास गर्नु भएको छ ।
विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैङ्किङ सेवा प्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न नबिल बैङ्कले जनाएको छ । साथै, नबिल बैङ्कले विश्वविद्यालयको लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने भएको छ ।
शिलान्यास कार्यक्रम शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति अशोक राईले बैङ्कले नाफा नहेरी यो कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ‘यस किसिमको सहकार्यले बैङ्क नाफा केन्द्रित मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्छ भन्ने सन्देश जानेछ’ मन्त्री राईले भन्नुभयो ।
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण ३ महिना भित्र सकिने र शाखा सञ्चालनमा आउने बताउनुभयो । उहाँले नबिल बैङ्क बैङ्किङ क्षेत्रमा नै नयाँ सेवा सुविधाहरू प्रदान गर्ने अग्रणी बैङ्क रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैङ्क शीर्ष स्थान रहेको जानकारी गराउनुभयो।
विश्वविद्यालय उपकुलपति यादवराज कोइरालाले विश्वविद्यालय परिसरमै अपरिहार्य बनेको बैङ्क शाखा र सभागृह बनाउन थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा शाखा कार्यालय खोल्नुले विश्वविद्यालयका कर्मचारी, विद्यार्थी, प्राध्यापकका साथै गोठगाउँका बासिन्दाहरूलाई पनि वित्तीय कारोबारमा सहयोग पुग्ने बताउनुभयो।
विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले सभागृह र बैङ्कको शाखा कार्यालय बन्नु विश्वविद्यालय र स्थानीयको लागि खुसीको विषय भएको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैङ्कको शाखा कार्यालय र सभागृह शिलन्यास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
