लुम्बिनी विकास बैङ्क लिमिटेडले पर्वतारोही कामी रिता शेर्पा ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा पुनः तेस्रो पटक यस बैङ्कको लोगो अङ्कित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्याउनको लागी बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँले स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लुम्बिनी विकास बैङ्कको लोगो अङ्कित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुर्याइ सक्नुभएको थियो ।|
कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा विगत दुई दशक देखि यस लुम्बिनी विकास बैङ्क लि. मा “निरन्तर सहयात्री” बनी आबद्ध छन् । उहाँको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१औँ आरोहण गर्न लागेको जानकारी दिनुभयो । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैङ्क लि. लाई गौरवान्वित बनाएको बैङ्कले बताएको  छ ।
 
सगरमाथा आरोहणमा कामी रिता शेर्पालाई लुम्बिनी बैङ्कको साथ
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    