कृषि विकास बैङ्क लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी रु पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरूमा अध्ययनरत झन्डै एक सय जति विपन्न बालबालिकाहरूलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरू खरिद गरिनेछ ।
कृषि विकास बैङ्क लि. का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गर्नुभएको थियो । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैङ्क लि. का तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागीय प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकारतर्फबाट निर्देशक प्रदीप राज जोशी एवम् शाखा प्रमुख दीर्घ बहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृति संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको र आगामी दिनमा सम्पूर्ण बैङ्किङ सुविधा सहितको घर आँगनको बैङ्कको रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा सम्वृद्धिका लागि सबैको रोजाइको बैङ्क बन्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैङ्कलाई सो सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गर्नु भएको थियो ।
 
कृषि विकास बैङ्कद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    