पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइड मा अवस्थित होटेल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैङ्क लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मिति २०८१/०२/०८ गते छुट्टाछुट्टै समारोहका बिच होटेल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैङ्क लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटेल सरोवरमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभा हल र पौडी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैङ्क सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रूपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारी द्वारा सञ्चालित होटेल सरोवर पोखराको लेसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सङ्गीत प्रेमी लक्षित होटेल तथा रेस्टुरेन्टको रूपमा बहुचर्चित पाइन्छ ।
होटेल सरोवर र किङ्गस लाउन्ज पोखरा मा प्रभु बैङ्कद्वारा विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
