पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैङ्क लिमिटेडबिच केबलकार सेवामा प्रभु बैङ्कका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैङ्कका कर्मचारीलाई २५ प्रतिशत र बैङ्कका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैङ्क लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
अन्नपूर्ण केबलकार प्रा.लि. पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, लमजुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्राकृतिक छटाहरूको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा “बैङ्क अफ द इयर २०२३” को उपाधि बाट सम्मानित प्रभु बैङ्क लि.को नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैङ्क लि.ले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तराल मानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
उक्त समारोहमा प्रभु बैङ्क सहसम्बन्ध प्रबन्धकहरू प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश सञ्चालन अधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
 
अन्नपूर्ण केबलकार र प्रभु बैंक बीच विशेष छुट सम्झौता
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    