एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल फाल्गुन ३० गते, मङ्गलवारको दिन बसेको सञ्चालक समितिको १७९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ८.५० प्रतिशतले हुन आउने रकम रु. २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस शेयर र शून्य दशमलव ४४७ प्रतिशतले हुन आउने रकम रु. १ करोड ३० लाख ०९ हजार ९७० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ८.९४७ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
एशियन लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
