ज्योति विकास बैङ्क लिमिटेडले बैङ्कको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैङ्कले मिति २०८१ साउन १ गते बाट लागु हुने गरी बैङ्कको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।
बैङ्किङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि यस बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रही आउनु भएको छ।
चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैङ्क लिमिटेड, प्रभु बैङ्क लिमिटेड तथा एन आई सी एशिया बैङ्क लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ। उहाँ एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुनुहुन्छ।
यसका साथै, बैङ्किङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव-नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैङ्क लिमिटेडबाट बैङ्किङ यात्रा सुरुवात गरी विभिन्न वाणिज्य बैङ्क र राष्ट्रिय स्तरका विकास बैङ्कहरूमा व्यवस्थापकीय पदमा विविध बैङ्किङ कार्यहरूमा बहु आयामिक अनुभव हासिल गर्नुभएको छ। विगत ७ वर्षदेखि यस विकास बैङ्कमा आबद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहनु भएको छ।
बैङ्क कार्य सम्पादन गर्नेहरूको लागि उर्वरा भूमि बनाउने ध्येय अनुरूप कार्य गर्दै आएको छ। साथै बैङ्कले सोका लागि आवश्यक पर्ने समुचित वातावरण र संस्थागत संस्कृति स्थापना गरेको छ। यसैको फलस्वरूप, उहाँहरूको अद्वितीय योगदानको कदर स्वरूप उहाँहरूलाई पदोन्नति गर्ने बैङ्कले निर्णय गरेको हो। उच्च कार्यसम्पादनको समयमै समुचित प्रतिफल दिने तथा यसलाई साधकको रूपमा ग्रहण गरी बैङ्कलाई "पर्फ़मर्स प्याराडाइज" बनाउने दीर्घकालीन साध्य हासिल गर्नमा यो पदोन्नति कोशेढुङ्गा साबित हुने विश्वास लिएको बैङ्कले जनाएको छ।
ज्योति विकास बैङ्कको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
