गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २९०.३८ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्त ६० लाख २२ हजार रुपैयाँ घाटामा गएको देखिन्छ ।
९ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुराँस लघुवित्तले १ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गुराँस लघुवित्तले ४२ करोड ७७ लाख रुपैयाँ सापटी लिएको छ।
गुराँस लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६३.४१ प्रतिशतले घटेर ५९ लाख २७ हजार रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८८७.४० को आधारमा मूल्य आम्दानी अनुपात ३५.९१ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै गुराँस लघुवित्तको नाफामा २९०.३८ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
