मल्टीपर्पस फाइनान्स लिमिटेडको अध्यक्षमा पदमा चन्दन अग्रवाल नियुक्त हुनुभएको छ । फाइनान्सको जेठ २५ गते बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले गरेको निर्णयअनुसार चन्दन अग्रवाललाई मिति २०८० वैशाख २५ गते देखि लागु हुने गरी सो फाइनान्सको अध्यक्षमा नियुक्त गरेको फाइनान्सले बताएको छ ।
साथै कम्पनीको मिति २०८० जेठ २४ गते बसेको सञ्चालक समितिको ४१४ औँ बैठकले गरेको निर्णयअनुसार रिक्त रहेको सञ्चालक पदमा अर्को वार्षिक साधारण सभा नहुन्जेल सम्मको लागि संस्थापक शेयरधनी समूहको तर्फबाट चन्दन अग्रवाललाई र सर्वसाधारण शेयरधनी समूहको तर्फबाट महेश कुमार सिंहलाई नियुक्त गरेको फाइनान्सले जानकारी दिएको छ ।
मल्टीपर्पस फाइनान्सकाे अध्यक्षमा चन्दन अग्रवाल नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
