नेपाल बैङ्क लिमिटेडले आफ्नो २२८ औँ शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिम चोकमा स्थापना गरेको छ । मिति २०७९ चैत्र १० गते शुक्रवार नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा ताम्र पत्र अनावरण गरी शाखा समुद्घाटन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैङ्किङ सेवा दिने गरी नेपाल बैङ्क लिमिटेड आएकोले यसले चितवनवासीलाई आर्थिक रूपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राख्नुभएको थियो । नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले विगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैङ्क लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिम चोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राख्नुभयो । नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरूबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैङ्कको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरू रहेका र सोलाई प्रयोग गरी बैङ्कसँग साझेदारी गर्न ग्राहक वर्गहरूमा अनुरोध गर्नुभएको थियो ।
नेपाल बैङ्क लिमिटेडको २२८ औँ शाखा चितवन जिल्ला भरतपुर महानगरपालिका–१० हाकिम चोकमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
