एन आई सी एशिया बैङ्कले आफ्ना ग्राहकहरूलाई काठमाडौँ स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको सो बैङ्कले बताएको छ। सो सम्बन्धी समझदारी पत्रमा सो बैङ्कको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशकमा दोङ सुले हस्ताक्षर गर्नुभयो । उक्त समझदारी अनुसार सो बैङ्कमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले सो फाइदा उपभोग गर्न सक्ने सो बैङ्कले जानकारी दिएको छ । जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा सो छुट उपलब्ध गराउने बारे दुवै पक्षबिच समझदारी भएको सो बैङ्कले जानकारी दिएको छ। डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैङ्कले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैङ्कले यसै गरी डिजिटल भुक्तानीलाई बढवा दिनका लागि यस खालका सहकार्यलाई बढाउँदै लैजाने लक्ष्य लिएको सो बैङ्कले बताएको छ । मुलुकमा भुक्तानीको माध्यम नगदबाट डिजिटलतर्फ उत्साहजनक रूपमा अगाडि बढिरहेको अवस्थाबिच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने सो बैङ्कले विश्वास लिएको छ ।
एन आई सी एशिया बैङ्कका ग्राहकहरूलाई लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
