एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६८.१८ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २० कराेड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ६ कराेड ५७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एन आई सी एशिया लघुवित्तले २१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साे लघुवित्तले १५ अर्ब ८७ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ।
एन आई सी एशिया लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३१.०८ प्रतिशतले घटेर २९ करोड २ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.८१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ७७८ काे आधारमा मूल्य आम्दानी अनुपात ५२.३९ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै एन आई सी एशिया लघुवित्तको नाफामा ६८.१८ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
