कृषि विकास बैङ्कले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यावसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ । शाखा मेलम्चीले आफ्नो स्थापनाकाल २०४२ साल देखी हालसम्म निरन्तर सेवा प्रवाह गरी रहेको छ । स्थानीय स्तरमा हुने सबै जसो कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको बैङ्कले मिति २०८१ साल मङ्सिर १० गते सम्पन्न एक कार्यक्रम बिच इलाका प्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सी.सी.टी.भि. वितरण गरेको छ ।
मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरू जस्ता कार्यको निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सी.सी.टी.भि. प्रदान गरेको हो । बैङ्कले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने छ । मिति २०८१/०८/१० गते मेलम्ची शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको छ । उक्त समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रबन्धक, बागमती प्रदेश निर्देशक, मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराई लगायत महानुभावहरूको उपस्थिति रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सी.सी.टी.भि. हस्तान्तरण गर्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैङ्कको नियमित सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागिता जनाउन पाउँदा बैङ्क गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ति सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा राख्नु भयो । बैङ्कले यस क्षेत्रमा करिब १ अर्ब बराबरको कर्जा लगानी गरी विकट ग्रामीण क्षेत्रका जनताको कर्जा आवश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको ब्यहोरा उल्लेख गर्नु भयो । कृषि विकास बैङ्क जस्तो ग्रामीण भेगमा गएर खेत वारी धितोको आधारमा कर्जा दिने अन्य कुनै बैङ्क नरहेको विचार व्यक्त गर्दै बैङ्कबाट लिएको कर्जा समयमा नै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीय निकाय, प्रहरी, नागरिक समाज, राजनैतिक सङ्घ सङ्गठन आदिलाई अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीकुमार चौलागाईले उक्त सी.सी.टी.भि ग्रहण गर्दै बैङ्कलाई धन्यवाद दिनुभयो । बैङ्कले गरेको यस प्रकारको योगदान दिर्धकाल सम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बैङ्कका उप–महाप्रबन्धक सुशील हुमागाईँ, बागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिति थियो भने कार्यक्रम बैङ्कका प्रबन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कृषि विकास बैङ्क लि. शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
