ग्लोबल आइएमई बैङ्क लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ ।
सो कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बैङ्कले जनाएको छ ।
वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले बैङ्कले दिगो विकास लक्ष्य अनुरूप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
सो योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैङ्किङ तथा क्रेडिट कार्ड समेत निःशुल्क जारी गरिने कुरा बैङ्कले बताएको छ ।
इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि सो कर्जा लिन सकिनेछ ।
यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मत सम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल आइएमई बैङ्कको ग्लोबल ग्रिन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
