ज्योति विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत तिलोत्तमा(१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवर्द्धन र कृषकहरूलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैङ्कले आर्थिक सहयोग गरेको हो ।
एक कार्यक्रमका बिच ज्योति विकास बैङ्कका तर्फबाट बैङ्कका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैङ्कका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाद्वारा संयुक्त रूपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घन सिह पुनलाई उक्त धान रोप्ने मेसिन औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीहरू लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो ।
उक्त धान रोप्ने मेसिन प्रयोगमा आए सँगै सो विकास समितिमा आबद्ध करिबन १०० भन्दा बढी कृषक परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
साथै, उक्त मेसिनको प्रयोगबाट कृषकहरूलाई धान खेतीमा प्रविधिको उच्चतम प्रयोग गरी कम लागतमा उत्पादकत्व बढाई क्रस फार्मिङ प्रविधिहरू अभ्यास गर्न मद्दत मिल्नेछ । बैङ्कको यो सहयोगले कृषिमा निर्भर समुदायको सशक्तीकरण र दिगो तथा आधुनिक कृषि खेती प्रविधिको प्रवर्द्धन हुने विश्वास लिएको बैङ्कले जनाएको छ ।
सामूहिक कृषि प्रवर्द्धनका लागि ज्योति विकास बैङ्कद्वारा धान रोप्ने मेसिन प्रदान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
