कृषि विकास बैङ्क लिमिटेड बैङ्क सञ्चालक समितिबाट बैङ्क सञ्चालक समितिको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्ति हुनुभएको सो बैङ्कले जानकारी दिएको छ । नवनियुक्त अध्यक्ष निजामती सेवामा लामो अवधि सम्म कार्यरत रही राजश्व सचिवबाट अनिवार्य अवकाश प्राप्त पुडासैनीसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको सोही बैङ्कले जानकारी दिएको छ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त बैङ्क अध्यक्षलाई नेपाल राष्ट्र बैङ्कका गभर्नर समक्ष शपथ ग्रहण गराउनु पर्ने प्रावधान अनुसार अध्यक्ष रामशरण पुडासैनीलाई नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँमा गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराउनुभएको सो बैङ्कले जानकारी दिएको छ। उक्त अवसरमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनरहरु निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैङ्क नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैङ्कका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैङ्क लिमिटेडका सञ्चालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरागाईँ, बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेत को उपस्थित रहेको सो बैङ्कले बताएको छ ।
रामशरण पुडासैनी कृषि विकास बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
