सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४९.४८ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले १ कराेड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ७२ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२८ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल लघुवित्तले ४ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सिभिल लघुवित्तले २ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ८ करोड ३८ लाख रुपैयाँ रहेको छ।
सिभिल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.३१ प्रतिशतले बढेर ५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । साे लघुवित्तकाे निष्क्रिय कर्जा अनुपात २.६० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ७९० काे आधारमा मूल्य आम्दानी अनुपात ७८.१४ गुणा रहेको छ ।
सिभिल लघुवित्तको नाफा ७२ लाख ८३ हजार, प्रतिशेयर आम्दानी कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
