ग्लोबल आइएमई बैङ्क लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैङ्कले सार्वजनिक गरेको सो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैङ्कको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । सो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैङ्कको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
