प्राइम कमर्सियल बैङ्कको नाफा १८.८० प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथो त्रैमास सम्ममा बैङ्कले २ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.२३ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने ९२ करोड ६७ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैङ्कले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ८० करोड रुपैयाँ र सञ्चित मुनाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.६६ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा प्राइम कमर्सियल बैङ्कले आफ्ना शेयरधनीहरूलाई १.०६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा छ भने प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ४५ पैसा र पछिल्लो कारोबार मूल्य रु. १८९.९० को आधारमा मूल्य आम्दानी अनुपात १६.२८ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी बढे पनि प्राइम कमर्सियल बैङ्कको नाफामा १८.८० प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
