विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरणका लागि सिटिजन्स बैङ्कको सहयोग

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्य करण परियोजनाका लागि बैङ्कले सो सहयोग रकम प्रदान गरेको हो ।

बैङ्कका अनुसार विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बिच मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x