गुडविल फाइनान्सकाे नाफा ४०.७२ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा फाइनान्सले ७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुडविल फाइनान्सले ११ अर्ब ६१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५५ करोड ८३ लाख रुपैयाँ र सञ्चित मुनाफा १२ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.२० प्रतिशतले बढेर २२ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सकाे वितरण योग्य मुनाफा १० करोड ५२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात ३.७४ प्रतिशत र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ८५ पैसा र पछिल्लो कारोबार मूल्य रु ५०३ को आधारमा मूल्य आम्दानी अनुपात ५०.७० गुणा रहेको छ ।
गुडविल फाइनान्सकाे नाफा ४ करोड ६९ लाख रुपैयाँ, ईपीएस कति?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
