प्रभु बैङ्कका कर्मचारीहरू तथा ग्राहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल नजिकै अवस्थित T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा T3 थकाली ग्रुप प्रा.ली.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैङ्कका तर्फबाट बाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार प्रभु बैङ्कका कर्मचारीहरू तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा १०% छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
दैनिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी मानिसहरूको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरू आफन्तलाई लिन र पुर्याउनका लागि आउने जाने गर्दछन् । यस्तै कामको चटारोमा मानिसहरू खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन् यिनै मानिसहरू र स्वादका पारखिका लागि मध्यनजर गर्दै T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner ले एयरपोर्टको मुख्य द्वारको पूर्वपट्टिको लाईनमा आफ्नो २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि T3 Thakali and Multi Cusinie मा authentic थकाली खाना को स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Corner मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरू चौबिसै घण्टा पाइने छ । साथै यथस्ट सशुल्क पार्किङ को पनि व्यवस्था रहेको छ ।
प्रभु बैङ्क र २४ सै घण्टा खुल्ला रहने T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
