नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक मर्जर पश्चात् नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाउँबाट मिति २०७९ / ०९ / २७ (११ जनवरी, २०२३) बाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुने भएको छ ।
मिति २०७९/०९/२७ गते देखि दुवै संस्थाको एकीकृत कारोबार सञ्चालन हुने हुँदा Data Migration प्रयोजनका लागि मिति २०७९ / ०९ / २५ गते सोमवार र मिति २०७९/०९/२६ गते मङ्गलवार समेत गरी दुई दिन नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैङ्कको सम्पूर्ण बैङ्किङ सेवाहरू बन्द रहने बारे सूचना जारी गर्दै दुवै बैङ्कले जानकारी गराएका छन्।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.को नामबाट पौष २७ देखि एकीकृत वित्तीय कारोबार सुरु हुँदै, यी दिन सेवा अवरुद्ध रहने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
75.00%

0.00%

0.00%

0.00%

25.00%

0.00%
