ज्योति विकास बैङ्कले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई 3D प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत बैङ्कले उक्त कार्य गरेको हो।
ई-नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैङ्कले उक्त कृत्रिम हातहरू ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैङ्कले राखेको छ। हालसम्म बैङ्कले यस्ता कृत्रिम हातहरू २६ जना बालबालिकालाई प्रदान गरी उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरिसकेको छ।
ज्योति विकास बैङ्कले आफ्नो १६औ वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरूप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरिएको छ। 3D प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औँलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ।
 
ज्योति विकास बैङ्कद्वारा बालबालिकाहरूलाई कृत्रिम हात (Prosthetic hand) प्रदान
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    